शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चर्चित संचारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा, रविका सर्मथकहरुमा छायो खुशीयाली
समाचार

चर्चित संचारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा, रविका सर्मथकहरुमा छायो खुशीयाली

काठमाडौँ । शालिग्राम पुडासैनी प्रकरणमा रविले हिरासतमा बस्नु नपर्ने भएको छ । यद्यपी उनले यो आरोप धरौटीमा रिहा भए पनि सामना भने गर्नुपर्ने हुन्छ । पत्रकार पुडासैनीले ज्यान फाल्नु अघि आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुसन्धानका लागि पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको स्रोतले जनाएको छ ।

केही बेर अघि जिल्ला अदालतमा भएको थुनछेक बहसपछि संचारकर्मी लामिछानेलाई ५ लाख , कँडेललाई ३ लाख र कार्कीलाई साधारण तारेखमा रिहा गरेको हो ।

लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान सकेपछि प्रहरीले तिनैजनालाई दुरुत्साहन गरेको अभियोग लगाउन सुझाव दिएपनि अदालतले धरौटीमा रिह गरेर पनि अनुसन्धान गर्न सकिने निर्णय गरेसँगै अहिले देशभर रविका सर्मथकहरुले खुशियालीका साथ नाराबाजी गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै