मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद
समाचार

भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद

कञ्चनपुर, ९ भदौः शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट प्रहरीले आज भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद गरेको छ । सडक छेउमा राखिएको अवस्थामा चिनीका बोरा बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।

ठूलो परिणामको चिनी राजश्व छलेर खुला सीमानाको फाइदा उठाउँदै तस्करले भारतबाट ल्याइएको हुन सक्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिनी मात्रै बरामद ग¥यो, चिनी कसको हो भन्ने बारे अनुसन्धान भइरहेको छ ।” रु एक लाख मूल्य बराबरको बरामद चिनी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

यसैगरी, प्रहरीले भारतबाट राजश्व छलेर ल्याउँदै गरेको ९९ थान तयारी अवस्थाको शर्ट, १२ थान टि सर्ट र छ थान बेल्टसमेत कलुवापुरबाट बरामद गरेको छ । बसमा ल्याउँदै गरेका चार बोरा भारतीय भाभिजी नामको खाद्य पदार्थ, उज्याला ब्राण्डको दुई पेटी खाने तेल, हार्डवेयरका समान, रङ्ग लगाउने विभिन्न साइजका ब्रस र दुई बोरा प्लाष्टिक ब्यागसमेत बरामद गरिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै