बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • रवि साधारण तारेखमा, धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा भन्ने बारेमा केही बेरमा नै अदालतले निर्णय सुनाउँदै
समाचार

रवि साधारण तारेखमा, धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा भन्ने बारेमा केही बेरमा नै अदालतले निर्णय सुनाउँदै

काठमाडौँ । चर्चित पत्रकार रवि लामिछाने र युवराज कँडेल र अस्मिता कार्कीको बयानपछि भएको थुनछेक बहस सकिएको छ । माउन्टेन टेलिभिजनका पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ परेका ३ जनाकै बयान र थुनछेक बहस सकिएसँगै अदालत रवि सहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा भन्ने बारेमा केही बेरमा नै निर्णय गर्ने तयारीमा रहेको छ ।

पत्रकार पुडासैनीले ज्यान फाल्नु अघि आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुसन्धानका लागि पक्राउ परेका तिनैजनाको बयान लिए पश्चात जिल्ला अदालत चितवनमा भएको थुनछेक बहस सकिएपछि अदालतले केहिबेरमै निर्णय लिन लागेको हाम्रा संवाददाता उर्गेन तामागंले जानकारी दिए ।

लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान सकेपछि प्रहरीले तिनैजनालाई दुरुत्साहन गरेको अभियोग लगाउन सुझाव दिएसँगै जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ मा मुद्दा दर्ता गराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै