शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु, एघार घाइते
समाचार

राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु, एघार घाइते

ग्वानझाउ, ९ भदौ । चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ । यस दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो ।

यस बसमा ४७ जना सवार रहेका थिए । छ जनाको घटनास्थलमा नै मृत्युु भएको अन्य एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अन्य ११ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटना हुनुको कारण भने थाहा भएको छैन । (रासस/सिन्ह्वा)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै