शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चितवनका सिडिओको चेतावनी, निषेधित क्षेत्र तोड्नेलाई कडा कारबाही हुन्छ (भिडियो सहित)
समाचार

चितवनका सिडिओको चेतावनी, निषेधित क्षेत्र तोड्नेलाई कडा कारबाही हुन्छ (भिडियो सहित)

चितवन । चितवनको शुरक्षा अवस्था आज अन्य दिनको तुलनामा कडा बनाईएको छ । भरतपुरमा रवि लामिछानेको समर्थनमा भईरहेको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रहरी कार्यालय र अदालत वरपरको सुरक्षा अवस्था कडा बनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले अदालत वरपरको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा हिडडुलमा समेत कडाई गरीएको छ । विहानैबाट निषेधित क्षेत्रमा माईकिङ गर्नुका साथै निषेधित क्षेत्रमा प्रवेस गर्नेलाई चेकजाँचमा कडाई गरीएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निषेधित क्षेत्र नतोड्न आग्रह गर्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका छन । उनले गोली चलाउने अवस्था आउन दिन नहुन सवै सम्यमित बन्नुपर्नेमा जोड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै