बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • घरायसी झगडाका कारण छुरा प्रहार गरी ह*त्या, ह*त्याराद्वारा बीस सेवन गरी गम्भीर घाइते
समाचार

घरायसी झगडाका कारण छुरा प्रहार गरी ह*त्या, ह*त्याराद्वारा बीस सेवन गरी गम्भीर घाइते

इनरुवा, ९ भदौः सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताउनुभयो ।

घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका वहावको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

छुरा प्रहार गर्ने मुर्ताजलेसमेत बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार