सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • धुन्चेपाखामा झुन्डिएको अवस्थामा युवकको शव फेला
समाचार

धुन्चेपाखामा झुन्डिएको अवस्थामा युवकको शव फेला

मध्यपुरथिमि, ८ भदौ: मध्यपुरथिमि नगरपालिका–७ धुन्चेपाखामा आज एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । करीब २५ वर्षीय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

इञ्जिनीयरिङका विद्यार्थी उनी बिहान अबेरसम्म नउठेपछि हेर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छभने घटनाको सुक्ष्मरुपमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो ।

त्यसैगरि आजै चाँगुनारायण नगरपालिका–५ छालिङको जङ्गलमा करीब ३० देखि ३५ वर्षको मङ्गोलियनअनुहार भएका एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले शव झुन्डिएको अवस्थामा फेला परेको र पहिचान भने नभएको बताउनुभयो । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार