शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • रबीका सर्मथकहरुलाई आयो यस्तो खबर
समाचार

रबीका सर्मथकहरुलाई आयो यस्तो खबर

काठमाडौँ । पत्रकार सालिकराम पुडासैनि मृयु प्रकरणमा पक्राउ परेका रबी लामिछाने, युवराज कंडेल र अस्मिता कार्किको हिरासत बसाई लम्बिने देखिएको छ । अनुसन्धानका बाँकी काम नसकिएकाले फेरी तेस्रो पटक म्याद थप हुने सम्भावना बढी रहेको अधिवक्ता गोविलाल देवकोटाको भनाई छ । उनका अनुसार फेरी म्याद थप हुने सम्भावना ९० प्रतिशत रहेको छ । अहिले विभिन्न व्यक्तिहरुसँग बयान लिनुका साथै अन्य प्रमाणहरु संकलन गर्ने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।

पुडासैनि झुण्डिएको अवस्थामा फेला पर्नु, आफैले डोरी किनेर लगेको पसलको सिसि क्यामेरा फुटेज फेला पर्नु र सव परिक्षण प्रतिवेदन भिसेरा रिपोर्टमा हत्या नभएको पुष्टी हुनुले पनि आत्महत्या नै हो भन्ने पुष्टि हुने अवस्था रहेको देवकोटाको भनाई छ । रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको पाईएको छ । उनिहरुले दिएको बयानमा दुई जनाको मत एक आपसमा वाझिएको अधिवक्ता देवकोटाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै