बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • लेखकको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त
समाचार

लेखकको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, ७ भदौः नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकका बुबा प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गरी शुक्रबार राति ८७ वर्षको उमेरमा निधन हुनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का लेखकको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

“लेखकको निधनले मलाई स्तब्ध, दुःखी र मर्माहत बनाएको छ, लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले लेखकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गदैै दिवङ्गत आत्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त केन्द्रीय सदस्य रमेश लेखकसहित परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार