शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • शालिकराम र अस्मिताबीचको सम्बन्धको भित्री पाटो खुल्यो
समाचार

शालिकराम र अस्मिताबीचको सम्बन्धको भित्री पाटो खुल्यो

काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार कालिकराम पुडासैनी मृत्यु प्रकरणमा चर्चित संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र तत्कालिन समयकी प्रेमीका भनिएकी रुकु कार्की यो पक्ररणमा तानिएपछि शालिक र रुकुबिचको कुराकानीको पत्रा पत्रा प्रहरीले अहिले केलाइरहेको छ । साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्थामा फेला परेको करिब २ हप्तापछि काठमाडौँबाट पुडासैनीले भिडियोमा नाम लिएकी युवती अस्मिता सहित ३ जनालाई काठमाडौँबाट पक्राउ गरेर चितवन लगेपछि हंगामा नै भएको छ ।

शालिकले आत्महत्याको दोष यिनै २२ वर्षीया अस्मिता, पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई लगाएसँगै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका बेला शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुक म्यासेन्जर र एसएसमार्फत भएका कुराकानीसम्बन्धी तथ्य प्रहरीले भेट्टाएको छ । मृतक पुडासैनीले आफ्नी श्रीमतीको दुर्घटनामा परी निधन भएको झुटो कुरा भनेर प्रेमजालमा पारेपनि पछि सत्य तथ्य थाहा पाएपछि अस्मिताले सम्बन्ध तोडेको बताएकी छिन् ।

तर जसरी शालिकरामले रविलाई आरोप लगाइरहेका छन् अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि र पत्रकार युवराजको कुनै प्रत्यक्ष संलग्नता नरहेको स्रोत बताउँछ । शालिक र रवि, युवराज र शालि तथा अस्मिता र शालिकका कुराकानीका प्रत्येक प्रमाण केलाउँदा शालिक र रविबिच भएको ‘दाइ मलाई माफ गर्नुहोला। तपाईंहरुले अफिसमा मलाई सधैँ जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ।’ भन्ने मात्रै कुराकानी रहेको स्रोत बताउँछ ।

अहिलेसम्मको अनुसन्धान्धाको विकाशक्रमलाई हेर्दा रञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबार उति जानकार देखिँदैनन्। शालिकरामले मर्दामर्दै भिडियोमा बारम्बार रविको नाम लिएर आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज बढी देखाउन खोजेको देखिन्छ । दोस्रो पटक म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले आइतबार रवि लगायत ३ जनालाई नै अदालतमा उपस्थित गराउँदैछन । यस प्रकरणमा थप कुरा आइतबार मात्रै बाहिर आउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै