शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • पाल्पामा उत्पादित वस्तुलाई विश्वव्यापीकरण गर्नुपर्छः पूर्वअध्यक्ष रेग्मी
समाचार

पाल्पामा उत्पादित वस्तुलाई विश्वव्यापीकरण गर्नुपर्छः पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, ७ भदौ । पाल्पाली सङ्गम काठमाडौँ र काठमाडौँस्थित पाल्पा सम्वद्ध विभिन्न सङ्घ/संस्थाले हरितालिका तीजको अवसरमा “वृहत तीज” कार्यक्रमको आयोजना गरेको छ । पाल्पाली सङ्गम काठमाडौँको वार्षिक साधारणसभा तथा वृहत तीज कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पाल्पा जिल्लामा उत्पादित वस्तुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पाल्पा जिल्लामा उत्पादित ढाकाको कपडा र अदुवालगातय अन्य उत्पादित वस्तुलाई विश्व बजारमा पुर्याएर हामी आत्मनिर्भर बन्नुपर्ने हुन्छ ।” सो कार्यक्रममा पाल्पाका कलाकारहरुले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

पाल्पाबाट काठमाडौँ आई बसोबास गर्दै आएका पाल्पालीहरुको सबैभन्दा पुरानो साझा संस्था पाल्पाली सङ्गम हो । सङ्गमका महासचिव विष्णु खत्रीले भन्नुभयो, “पाल्पा जिलाबाट काठमाडौँमा बस्ने पाल्पालीहरुलाई सङ्गठित गरी पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवद्र्धन गर्ने विविध क्रियाकलाप गर्ने उद्देश्यले झण्डै चालिस वर्षदेखि सङ्गम सक्रिय रहदै आएको छ ।”

चर्चामा

सम्बन्धित समाचार

भर्खरै