शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • प्रदेश सरकारद्वारा एक करोड अनुदान
समाचार

प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई रु दश लाखका दरले अनुदान रकम प्रदान गर्न उक्त बजेटको व्यवस्था गरिएको हो ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा दूध चिस्यान केन्द्र साझेदारी कार्यक्रम समावेश गरी कार्यान्वयन समेत शुरु गरिसकेको छ । पाँच सय लिटर दुध उत्पादन, बिक्री वितरण तथा भण्डारणका लागि दूध चिस्यान केन्द्र आवश्यकपर्ने भएकाले अनुदानको व्यवस्था गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार साझेदारमा दूध चिस्यान केन्द्र सुधारका लागि जस्तै चिलिङ् भ्याट, थ्रि–फेसको लाईन वा जेनेटर व्याक अप, मिल्क एनालाईजन, क्रिम सेपरेटर, रहेका छन् । भवन निमार्ण लगायतका पूर्वाधारमा अनुदानको रकम खर्च गर्न पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । जसअन्र्तगत ७० प्रतिशत प्रदेश सरकारको रहने र ३० प्रतिशत स्वयंले ब्योर्हनुपर्ने छ ।

प्रदेशलाई दूधमा आत्मनिर्भर कायम गर्दै, स्वच्छ, स्वस्थ्य, गुणस्तरीय एवं प्रशोधित दूध तथा दूधजन्य पद्धार्थमा आम उपभोक्तालाई सक्षम, सहज र सरल हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा गत आर्थिक वर्षमा दूध चिस्यान केन्द्र स्थापनाका लागि चार वटा छनोट गरी अनुदान रकम प्रदान गरिएको थियो । अनुदान प्राप्त गर्न कृषकले स्थानीय तहको पशु सेवा शाखाको सिफारिस गर्नुपर्ने केन्द्रले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै