शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • धर्म परिवर्तन संविधानविपरीत छः नेता थापा
समाचार

धर्म परिवर्तन संविधानविपरीत छः नेता थापा

कावासोती, ६ भदौः नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले धर्म परिवर्तन गर्नु संविधानविपरीतको कार्य भएको बताउनुभएको छ ।

नवलपरासी पूर्व नवलपुरको दुम्किवासमा नेपाल विद्यार्थी सङ्घले आज आयोजना गरेको एसईइ उत्तीर्ण विद्यार्थिको सम्मान कार्यक्रममा उहाँले कुनै पनि प्रकारबाट गरिने धर्म परिवर्तन मान्य नहुने बताउनुभयो ।

“धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छ”, उहाँले भन्नुभयो । धर्म कुन मान्ने नागरिकको आफ्नो व्यक्तिगत अधिकार भए पनि कसैलाई जबरर्जस्ती धर्म परिवर्तन गराउन नहुने नेता थापाको भनाइ थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै