बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • सहमति र सहकार्यले देश विकास सम्भवः नेता भण्डारी
समाचार

सहमति र सहकार्यले देश विकास सम्भवः नेता भण्डारी

दमौली, ६ भदौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्ववनमन्त्री शङ्कर भण्डारीले आपसी सहमति र सहकार्यले मात्र देश विकास सम्भव रहेकोमा जोड दिनुभएको छ । तनहुँको भानु नगरपालिका–५ नावरुङमा निर्माण गरिएको देवीमन्दिरको उद्घाटन कार्यक्रममा आज नेता भण्डारीले राजनीतिक खिचातानीले देश विकास हुन नसकेकाले देश बनाउन सबै पार्टीबीच सहमति आवश्यक रहेको बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनका लागि सबै दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै नेता भण्डारीले विकासका सवालमा पनि दलहरुको एउटै आवाज हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सिङ्गापुर, मलेशिया विकास हुन धेरै समय नलागेको भन्दै उहाँले नेपाल पनि विकासको बाटोमा अघि बढ्न सक्ने चर्चा गर्नुभयो ।

नेता भण्डारीले कला र संस्कृति संरक्षणका लागि सबै जनता जागरुक हुनुपर्ने बताउनुभयो । नेपाल कला र संस्कृतिमा धनी भए पनि कला संस्कृति लोप हुँदै जान थालेकोमा नेता भण्डारीले चिन्ता व्यक्त गर्नुभयो ।

रु एघार लाखको लागतमा निर्मित मन्दिर वरपर तारबारका लागि पूर्वमन्त्री भण्डारीले रु एक लाख सहयोग गर्नुभएको थियो । साथै मन्दिर निर्माणका लागि वडा कार्यालयले रु दुई लाख सहयोग गरेको भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले जानकारी दिनुभयो । बाँकी रकम स्थानीयवासीले श्रमदान गरेका थिए । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार