आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • सरकारले कर्मचारीको मुख हेरेर सरुवाबढुवा गर्दैनः मन्त्री पण्डित
समाचार

सरकारले कर्मचारीको मुख हेरेर सरुवाबढुवा गर्दैनः मन्त्री पण्डित

पर्वत ३१ साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताउनुभएको छ । प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वेच्छाचारी ढङ्गले नभइ योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताउनुभयो । मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने उल्लेख गर्दै निर्ममम ढङ्गले निर्णय लिइने बताउनुभयो ।

मन्त्री पण्डितले तिहारभित्र लोकसेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनै पनि तहमा कर्मचारीको अभाव नहुने जिकिर गर्नुभयो । उहाँका अनुसार अहिले झण्डै ३२ हजार कर्मचारीको अभाव रहेको छ । उहाँले लोकसेवा आयोगले इतिहासमै पहिलोपटक ठूलो सङ्ख्यामा कर्मचारी भर्ना गर्न लागेको बताउनुभयो । उहाँले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुनेसमेत जानकारी गराउनुभयो ।

मन्त्री पण्डितले सङ्घीय निजामती ऐन अन्तिमचरणमा रहेकाले यसै साता संसद्बाट पारित हुने बताउनुभयो । उहाँले काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्ने गरी ऐन ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले कार्यालय समयमा कर्मचारी टे«ड यूनियन नहुने उल्लेख गर्दै सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै