शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • विप्लबका चार नेताद्वारा पाटी परित्याग
समाचार

विप्लबका चार नेताद्वारा पाटी परित्याग

रुकुमपूर्व, ३१ साउन । नेत्रविक्रम चन्द समूहमा सक्रियरुपमा संलग्न चार जनाले सो समूह परित्याग गरेका छन् । उहाँहरुले आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई परित्याग गरेका हुन् ।

सो समूह परीत्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा थवाङ गाउँपालिका–१ खेराबवाङ घर भई हाल रुकुमपूर्व भूमे–२ गाबाङमा बस्दै आउनुभएका २५ वर्षीय बालकुमार बुढा रहनुभएको छ ।

उहाँहरुले विज्ञप्ति निकालेर आजकै मितिबाट जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष सो समूहसँगका सबै नाता टुटाई आगामी दिनमा कुनै सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राम्रो काम गरेर सरलजीवन जिउनका लागि चारै जनालाई भूमे–४ का वडाध्यक्ष चङ्ख बुढामगर लगायतको रोहबरमा छाडिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै