सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • चितवनको हिरासतमा रहेका रविले एकाबिहानै पत्नि मार्फत पठाए यस्तो सन्देश, जसले बनाउनेछ सबैलाई भावुक
समाचार

चितवनको हिरासतमा रहेका रविले एकाबिहानै पत्नि मार्फत पठाए यस्तो सन्देश, जसले बनाउनेछ सबैलाई भावुक

काठमाडौँ । माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणका आरोपी पत्रकार रवि लामिछाने, युवराज कंडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई पक्राउ गरी चितवन पुर्याएसँगै रविका लाखौँ दर्शक तथा प्रशंसकहरुमा त्रास देखिएको छ । कैयौँको उद्धार गरेका रविले के त्यस्तो कर्म गरे होलान् र भन्ने आशंकाकाबिच प्रहरीले विहिवार काठमाण्डौबाट पक्राउ गरी मध्यरातमा चितवन पुर्याएसँगै आज रवि सहित अन्य २ जनालाई पनि चितवन जिल्ला अदालतमा उपस्थित गराइदैछ ।

तिनै जनालाई मध्यरातमा भरतपुर सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यसैबिच आज एकाबिहानै चर्चित पत्रकार रवी लामिछाने सम्पूर्णलाई धैर्य धारण गरिदिन आग्रह गरेको लामिछाने पत्नी निकिता पौडेल मार्फत आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक संजाल मार्फत रवि पत्नि निकिताले देश विदेशमा रहने सम्पूर्णलाई रवी लामिछानेले धैर्य धारण गरिदिन आग्रह गरेको बारे जानकारी जानकारी दिएको सन्देश बाहिरिएसँगै अहिले उक्त सन्देश भाइरल बनिरहेको छ । उक्त स्टाटसमा लामिछानेले घटनाको अनुसन्धानमा प्रहरीलाई शत प्रतिशत सहयोग गर्ने र एउटा मात्र आरोप प्रमाणित भए हदै सम्मको सजाय भोग्ने बताउँदै यस्तो सन्देश छाडेका छन् । पढ्नुहोस् जस्ताको त्यस्तै…

चर्चामा

सम्बन्धित समाचार