सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते
समाचार

हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

हेटौँडा, ३१ साउनः हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।
 
काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै