मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • अनुदानको रकम नपाएको भन्दै उजुरी
समाचार

अनुदानको रकम नपाएको भन्दै उजुरी

दमक, ३१ साउनः कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् ।

गौरीगञ्ज–२ कोरोबारीको माङ्सावा कृषक समूह, कन्काइ विपद् कृषक समूह, तुलाचन कृषक समूह र ठेकीटोला कृषक समूहलाई दिने भनिएको अनुदान रकम हालसम्म वितरण नगरेपछि छानबिनको माग राख्दै उनीहरुले अख्तियार आयोगमा उजुरी गरेका हुन् । समूहमा आबद्ध ४२ किसानले इटहरीस्थित अख्यितारको कार्यालयमा उजुरी दर्ता गराएको उजुरीकर्ता श्याम न्यौपानेले जानकारी दिनुभयो ।

गाउँपालिकाले समेत घटनाको निष्पक्ष छानबिनका लागि अख्तियारलाई सिफारिस पत्र पठाएको छ । चारै कृषक समूहलाई गत असार १५ गतेअगावै कृषि ज्ञान केन्द्र चन्द्रगढीले चैतेधानको अनुदानस्वरुप रु १९ लाख दिने निर्णय गरेको थिथो । अनुदान रकम उनीहरुले नपाएपछि अनियमितता भएको भन्दै आयोगमा उजुरी दिएका हुन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै