मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • तीन लाख ८७ हजार नगद सहित जङ्गलमा जुवा खेल्दै गरेका आठ जुवाडे पक्राउ
समाचार

तीन लाख ८७ हजार नगद सहित जङ्गलमा जुवा खेल्दै गरेका आठ जुवाडे पक्राउ

गोरखा । पालुङटार नगरपालिका–५ चियानडाँडाको जङ्गलमा जुवा खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जङ्गलको बीचमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

जुवाको खालबाट प्रहरीले रु तीन लाख ८७ हजारसमेत बरामद गरेको छ । गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको नेपालले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार