शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • म्यानमारमा विद्रोहीको सशक्त आक्रमण, १४ को मृत्यु
समाचार

म्यानमारमा विद्रोहीको सशक्त आक्रमण, १४ को मृत्यु

म्यानमार, ३० साउनः म्यानमारका सुरक्षाकर्मीहरु रहेको ठाउँमा विद्रोही समूहले गरेको सशक्त आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ । विद्रोहीले आक्रमण गरेपछि बिहीबार सैनिकहरुले पनि प्रतिवाद गर्दा दोहोरो भिडन्त भएको म्यानमारको प्रहरीले जानकारी दिएको छ । सैनिक प्रतिष्ठानमा रहेका सुरक्षाकर्मीहरुलाई विद्रोहीहरुले लगातार आक्रमण गरेका बताइएको छ ।

म्यानमारमा आदिवासी जनजातीहरूको विद्रोही समूहले एक दशकदेखि सरकारी सुरक्षाकर्मीविरुद्ध समयसमयमा आक्रमण गर्दै आइरहेको छ । बिहीबारको आक्रमण पर्यटकीय क्षेत्रको रुपमा चिनिने मण्डलेय नजिकैको ठाँउमा भएको अधिकारीहरुले जनाएका छन् । आक्रमण भएको सैनिक प्रतिष्ठानको छेउमा रहेको प्रहरी कार्यालयमा पुगेका एएफपीका एक जना समाचारदाताले सात जना सैनिक र चार जना प्रहरीको शव देखेको बताएका थिए ।

सैन्य प्रवक्ता जाव मिन तुनले भने तीन जनाको मृत्यु भएकोमा दुई जना सैनिक र एक जना सर्वसाधारणको मृत्यु भएको बताउनुभएको छ । उहाँले बिहीबार दिउसो समाचार तयार गर्दासम्म भिडन्त जारी रहेको जानकारी दिनुभयो । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४ पुगेको समाचारमा जनाइएको छ । -एएफपी

चर्चामा

सम्बन्धित समाचार