मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • रबीको नाम लिएर बिदा भएका सालिकरामको भिडियो बाहिरिएसँगै अस्मिता कार्की पक्राउ
समाचार

रबीको नाम लिएर बिदा भएका सालिकरामको भिडियो बाहिरिएसँगै अस्मिता कार्की पक्राउ

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी छन् । प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ । नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको हो । अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको र रबी र युवराजमाथि पनि निगरानी बढाएको बताइएको छ ।

स्रोतका अनुसार अस्मितालाई रबीकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए। तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको हो । पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउने बताइएको छ ।

पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता मर्नु परेको बताउका थिए । पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन् । आफ्नो नाम पुडासैनिले लिएर मर्न बाध्य बनाएको भनेपछि रबीले पनि आफुले त्यस्तो गर्न बाध्य पारेको भए हदै सम्मको सजाए भोग्न बाध्य भएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार