शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • तमु समाज कोरियाद्वारा मिर्गौलापीडित सन्छरी गुरुङलाई एक लाख ५२ हजार सहयोग
समाचार

तमु समाज कोरियाद्वारा मिर्गौलापीडित सन्छरी गुरुङलाई एक लाख ५२ हजार सहयोग

पोखरा, ३० साउनः दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार गराइरहनुभएकी वालिङ–३ बुढाकोटकी सन्छरी गुरुङलाई आर्थिक सहयोग गरिएको छ । दक्षिण कोरियास्थित स्याङ्जा भिरकोट आर्थर तमु समाजद्वारा वैदेशिक रोजगारमा रहेका नेपालीबाट सङ्कलित रु एक लाख ५२ हजार ५०७ प्रदान गरिएको हो ।

समाजका सल्लाहकारद्वय डिबी गुरुङ र खुशी गुरुङसहितले आज यहाँ पीडितका छोरा खुमबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभयो । चौँसठ्ठी वर्षीया सन्छरीले हाल पोखरामा डायलोसिस गराइरहनुभएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै