बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा महिला मृत फेला
समाचार

आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा महिला मृत फेला

गलकोट, ३० साउनः जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल आज मृत फेला पर्नुभएको छ । नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आउनुभएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उहाँको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

श्रीमान् रोजगारीका लागि विदेश रहनुभएका मृतक ढकालको एक छोरा पोखरामा बस्दै आएको र एक छोरी पनि केही दिनदेखि आफन्तकोमा रहेको प्रहरीले जानकारी दिएको छ । मानसिकरूपमा कमजोर ढकाल धारोमा नुहाउन जाने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको प्रहरीले अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने जनाएको छ । -रासस

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै