मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • पल शाहसँग सारा मिडियाले शंका गर्यो आँचललाई, तर आँचल डाक्टर उदिपसँग प्रेममा भएको चर्चा
समाचार

पल शाहसँग सारा मिडियाले शंका गर्यो आँचललाई, तर आँचल डाक्टर उदिपसँग प्रेममा भएको चर्चा

काठमाडौँ । पछिल्लो पुस्ताकी चर्चित र ब्यस्त नायिका आँचल शर्मा पछिल्ला दिनमा प्रेम रोमान्सका कारण सर्वाधिक चर्चामा छिन् । कहिले विभिन्न अभिब्यक्ति दिएर चर्चामा आउने त कहिले पल शाहसँगको प्रेममा रहेको भन्दै मिडियामा छाएकी आँचल अर्का युवकसँग वास्तविक प्रेममा रहेको चर्चा चलचित्र नगरीमा सुरु भएको छ ।

सुन्दरी नायिका आचल शर्मा डाक्टर उदिप श्रेष्ठसँग प्रेम रहेको भन्दै बजार तातेको छ । लामो समयदेखि पल शाहसँग चलचित्र र म्यूजिक भिडियोमा काम गरेको भन्दै मिडियाले यि दुईका बिच प्रेमको आशंका गरेको भएता पनि आँचल केही समयअघि भारतमा रहदा पनि धेरै मिस गरिरहेको भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन् ।

त्यसपछि एक अन्तरवार्तामा आचललाई उदिससँग तपाईको प्रेम सम्बन्ध छ भनेर प्रश्न गर्दा उदिप नजिकको साथी मात्र भएको बताए पनि उनको भनाईबाट नै बुझ्न सकिन्थ्यो की उनको मनमा उ्रदिपका लागी प्रेमको मुना पलाइरहेको छ । उनले उ्रदिप राम्रो र नजिकको मिल्ने साथी भएको प्रतिक्रिया दिएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै