शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • सर्मिला गुरुङ, सन्ध्या बुढा र पुरुषोत्तमको मर्म स्पर्सी गीत ‘चेलीको व्यथा २’ सार्बजनिक
समाचार

सर्मिला गुरुङ, सन्ध्या बुढा र पुरुषोत्तमको मर्म स्पर्सी गीत ‘चेलीको व्यथा २’ सार्बजनिक

काठमाडौँ । लोक संगीतको दुनियामा एउटा अब्बल नाम सर्मिला गुरुङ हो उनका गीतले जनमानसमा एउटा फरक किसिमको स्थान बनाएको छ भने अर्की गायीका अहिलेको युवा पुस्तामा राम्रो छाप छोड्न सफल सन्ध्या बुढा हुन् उनि पनि बहु प्रतिभाकी धनि गायीका हुन् आधुनिक । लोक दोहोरि लगाएत हास्य व्यंग्यबाट पनि दर्शकको मन जिती सकेकी छिन हो तिनै सफल गायिकाको स्वरमा अत्यन्तै दर्दनाक गीत चेलीको व्यथा २ बजारमा सार्बजनिक भएको छ ।

जसमा गायक पुरुसोत्तम गैरेले समेत स्वर र लय समेत दिएका छन् । चेलीको व्यथा गत साल स्वाभिमान क्रियशनले बजारमा ल्याएको थियो भने दर्शकले अत्यधिक रुचाएका थिए जसले ९ लाख ६० हजार भन्दा बढी भ्युज युटुबमा पाइसकेको छ । हो सोहि गीतको भाग २ भर्खरै मात्रै युटुबमा सार्बजनिक भएको छ । मीरा महोत्राको प्रस्तुति रहेको उक्त गीतको भिडियोलाइ निर्देशक बिष्णु भट्टराईले निर्देशन गरेका छन् ।

चेलीको व्यथा भाग १ ले दर्शकलाई जसरि मन जितेको थियो त्यसै गरि भाग २ ले पनि दर्शकको मन जितेको छ युटुबमा राखिएको छोटो समएमा धेरै राम्रो प्रतिक्रिया आएपछि निर्माण पक्ष्य धेरै खुसि भएको छ निर्देशक बिष्णु भट्टराई बुटवलबाट नियमित ब्यबसायीक म्युजिक भिडियो बजारमा ल्याउने अब्बल निर्देशक हुन् ।

राजु महोत्राको सब्द रहेको गीतको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ। बिष्णु भट्टराईको निर्देशन छायांकन , सम्पादन रहेको छ भने सगुन शर्माको हेयर तथा मेकअप रहेको छ । पारिवारिक बिसय बस्तुलाई उठान गरिएको छ गीतमा हाम्रो समाजमा कतिपय ठाउमा देखिने घटनाहरु हुन् जहाँ हुने खाने र सम्पन साली छोरा छोरी बाबा आमाको प्यारो बन्छन भने गरिब र दुखि पाखा बनिदिन्छन सोहि बिसय बस्तुलाई यो गीतमा उतार्न खोजिएको छ । साथै परिवार र समाजमा एउटा राम्रो संदेश निर्देशकले दिएका छन् हेरौ सार्बजनिक भिडियो…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै