शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • फेरी गयो ५.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प
समाचार

फेरी गयो ५.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

टोकियो, ३० साउनः जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ ।

यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ । जापान भूकम्पको उच्च जोखिममा रहेको छ । सन् २०११ मा जापानमा गएको ९.० म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी १९ हजारको ज्यान गएको थियो । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै