बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • आमा बाबुले नै अर्कै बिहे गरेपछि हस्पिटलमा अलपत्र भाईको उपचार हुने भयो
समाचार

आमा बाबुले नै अर्कै बिहे गरेपछि हस्पिटलमा अलपत्र भाईको उपचार हुने भयो

बुवाले कान्छी आमा बिहे गरेर अर्को घरबार गरे अनि सुखका साथ बस्दैछन् । आमाले पनि अर्कै बिहे गरेर गईन्, नयां दुनियां बसाईन् । अनि त्यहि आमा बुवाबाट जन्मेका एउटा १७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिनादेखि व्लड क्यान्सर भएर जीवन र मरणको दोसाधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हार गुहार गर्दै सहयोग मागिरहेका छन् ।काठमाडौंको नयां बानेश्वरको सिभिल हस्पिटलमा पुग्दा बेड नं २२७ मा खेल्ने, कुद्ने, रमाउने, पढ्ने कलिलो उमेरका हेमराज गिरी व्लड क्यान्सरसंग जुध्दै जिन्दगी र मृत्युकोअन्यौलतामा पल्टिरहेका देखिन्छन् । बोनम्यारो ट्रान्सप्लान्ट गरेर भाईलाई बचाउन डाक्टरले २६ लाख खर्च लाग्ने नबिनलाई बताएका छन् ।

यसैबिच कलाकार तथा समाजसेवी शिशिर भण्डारीले नबिन र हेमराजको कारुणिक भिडियो प्रस्तुत गरे । उनको भिडियो सामाजिक सन्जालमा भाईरल बन्यो र देश तथा बिदेशबाट सहयोगीहरुले सहयोग रकम पठाउनु भयो । सबैलाई जुटाउँदै शिशिरले २ लाख ३ हजार २ सय रुपैंया भाईको उपचारका लागि नबिन लाई बुझाए । सहयोगीहरु मध्ये अमेरिकाबाट गोमा अधिकारीले ८१ हजार सहयोग रकम पठाएकी थिईन् । सोही बिच अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्सीका प्रमुख होम दवाडीले ५० हजार सहयोग पनि बुझाए । भिडियो हेर्नुस, के हेमराज र नबिवनका बुवा आमा फर्केर आए ?

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार