शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • जाजरकोटमा जङ्गली च्याउ खाँदा १४ वर्षीय युवराजको मृत्यु
समाचार

जाजरकोटमा जङ्गली च्याउ खाँदा १४ वर्षीय युवराजको मृत्यु

जाजरकोट, २९ साउनः जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो ।

उहाँसँगै च्याउ खाएर बिरामी भएकी उहाँकी ५० वर्षीया आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै गर्दा मृत्यु भएको थियो । जाजरकोटमा जङ्गली च्याउ खाएर बिरामी हुनेको सङ्ख्या बढे पनि जनचेतनाका काम नहुँदा समस्यापनि थपिदै गएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार