शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • सेनाका मेजरलाई प्रहरीले पासो थापेर समातेपछि…
समाचार

सेनाका मेजरलाई प्रहरीले पासो थापेर समातेपछि…

प्रहरीले सेनाको मेजरलाई हप्तौँदेखि पासो थापेर समात्यो । ‘लैजान पाइँदैन, हाम्रो आफ्नै सिस्टमबाट कारबाही गर्छौँ’ भन्दै पूर्वी पृतनाका सैनिक अधिकारी कराउन पुगे डिएसपी समिरचन्द्र खरेललाई । दुई महिनाको प्रयासपछि इटहरी, हलगाडाचोकबाट सेनानी अजितप्रताप सिंह पक्राउ परेपछि उनलाई आफ्नै ब्यारेकमा लगेर मामला रफादफा बनाउने प्रयास अन्ततः असफल भएको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ ।

मेजर पक्राउ लगत्तै इनरुवास्थित जिल्ला अदालतमा म्याद थप्न लगिँदा सेनाको गाडी पछिपछि थियो।प्रहरीलाई लाग्यो– भनेर नमानेपछि खोसेर भए पनि लैजाने योजना होला। त्यसैले म्याद थप्नुअघि नै सरकारी वकिल र न्यायाधीशलाई उक्त प्रयासबारे जानकारी दिइयो ।

फलस्वरुप सेना पछि हट्न बाध्यभयो।त्यसो त यस्ता कसुरमा सैन्य अधिकृतहरु समातिँदा जहिले पनि लैजाने र आफैँ कारबाही गर्छौं भन्ने श्रृंखला पुरानै हो । ०७४ सालको पुस १४ गते बुद्धनगरमा १४ वर्षीया बालिका बलात्कारको अभियोगमा मेजर प्रभवबिक्रम शाह तीनकुने प्रहरी बृत्तको टोलीद्वारा समातिएका थिए।उनी चौकी नपुर्याइँदै सेनाको टुकडी बानेश्वरमै बाटो छेक्न पुगिसकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै