शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
समाचार

भोलि सार्वजनिक बिदा

काठमाडौं । जनैपूर्णिमाको दिन भोली सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले यही साउन ३० गते रक्षा बन्धन र जनैपूर्णिमा परेकोले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सोही दिन गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने तथा पाचँपोखरी तेस्रो हाफ म्याराथन प्रतियोगिता समेत हुने भएकाले भोलि सार्वजनिक बिदा दिन लागिएको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै