सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • आफ्नै श्रीमतीको ह*त्या गरी श्रीमान् फरार
समाचार

आफ्नै श्रीमतीको ह*त्या गरी श्रीमान् फरार

इनरुवा, २९ साउनः सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार ह*त्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको ह*त्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो ।

घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थि*चेर ह*त्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा आनन्दीको मृ*त्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

ह*त्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ह*त्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै