सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • पाँचथर नरसंहारमा बाँचेकी सीतालाई गरियो ठूलो सहयोग
समाचार

पाँचथर नरसंहारमा बाँचेकी सीतालाई गरियो ठूलो सहयोग

काठमाडौं । पाँचथरको मिक्लाजुङ नरसंहारमा बाँचेकी सीता खजुमलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । नौ जनाको हत्याकाण्डमा बाँचेकी सीता खजुमलाई गैरआवासीय नेपाली संस्था एनआरएनए मलेसियाले एक लाख रुपैयाँ सहयोग गरेको हो । हाल प्रदेश नं। १ को सरकारको सहयोगमा अध्ययनरत सिता काठमाडौं आउन नपाएकाले सीताकी आमा बुद्धमाया फियाकलाई सहयोग रकम प्रदान गरिएको बताइएको छ ।

एनआरएनए मलेसियाको परोपकारी परियोजनाअन्तर्गत उक्त सहयोग रकम प्रदान गरिएको स्रोतले जनाएको छ । काठमाडौंमा सोमबार भएको कार्यक्रममा एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्लाहकार योगेन्द्र कुँवरले सीताकी आमा बुद्धमाया फियाकलाई सहयोग रकम प्रदान गरेर सिताको भविष्यको प्रगतीको कामना गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार