मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त
समाचार

च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

जाजरकोट । जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो । च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै