बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • चीनद्वारा विपद् व्यवस्थापनका लागि पाँच करोड ३० लाख डलर राहत वजेटको व्यवस्था
समाचार

चीनद्वारा विपद् व्यवस्थापनका लागि पाँच करोड ३० लाख डलर राहत वजेटको व्यवस्था

बेइजिङ, चीन, २८ साउनः चीनले हालैको प्राकृतिक विपदमा भएको क्षति व्यवस्थापनका लागि ठूलो क्षति भएका विभिन्न पाँच प्रान्तका लागि पाँच करोड ३० लाख ७५ हजार अमेरिकी डलर बजेटको व्यवस्था गरेको चिनियाँ विपद व्यवस्थापन मन्त्रालयले मङ्गलबार जनाएको छ ।

उक्त रकम प्राकृतिक विपद्मा परी वेपत्ता भएका विरामीको खोजी, घाइतेको उद्धार तथा ठूला प्राकृतिक विपदबाट नागरिकलाई जोगाउन हुने सरकारी निरीक्षण तथा अनुगमनमा खर्चिने मन्त्रालयले आफ्नो वेबसामइटमा उल्लेख गरेको छ ।

विपद्को कारण क्षति व्यहोरेका चीनको मध्य क्षेत्रमा रहेको हुनान र दक्षिणपूर्वी युनान प्रान्तका लागि क्रमशः ११ करोड ५० लाख र १० करोड २० लाख चिनियाँ युआन छुट्याइएको छ भने बाँकी रकम प्रभावित अन्य तीन प्रान्तका लागि खर्चिने छ ।

च्याङ सी, क्वी चौ तथा छोङकिन नगरपालिकाको विपद् व्यवस्थापनका लागि प्रयोग गरिने मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयले स्थानीय टोलीलाई सघाउन केही केन्द्रीय टोलीसमेतलाई प्रभावित क्षेत्रमा पठाएको छ । (रासस/सिन्ह्वा)

चर्चामा

सम्बन्धित समाचार