सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • सर्पदंश उपचार केन्द्रको लागि भवन शिलान्यास
समाचार

सर्पदंश उपचार केन्द्रको लागि भवन शिलान्यास

धनुषा, २७ साउनः धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा सर्पदंश उपचार केन्द्रको लागि भवन शिलान्यास गरिएको छ । युएनडिपि र नगरपालिकाको सहयोगमा महेन्द्रनगरस्थित नेपाली सेनाको ब्यारेक भित्र निर्माण हुन लागेको उक्त उपचार केन्द्र भवनको शिलान्यास क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले सोमबार गर्नुभएको छ ।

क्षीरेश्वरनाथ नगरपालिकालगायत धनुषाका जनताहरुलाई सर्पदंशको उपचार सेवा दिने उद्देश्यले करिब अढाई करोड रुपैयाको लागतमा निर्माण हुन लागेको २ तल्ले भवनमा २० वटा बेड रह्ने जसमध्ये १२ महिला र ८ पुरुषको लागि बताइएको छ ।

निर्माण हुने यस उपचार केन्द्रमा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष, चिकित्सक कक्ष, आपाङ्गमैत्रीसहित सुविधायुक्त भवन निर्माण हुने यूएनडिपीका इन्जीनियर अभय कर्णले बताउनुभयो । तस्वीरः अजयकुमार साह (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै