सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • अर्घाखाँचीमा ससुराली गएर ज्वाईले गरे सासु, सालो र श्रीमतीमाथी खुकुरी प्रहार, तिनै जना गम्भीर
समाचार

अर्घाखाँचीमा ससुराली गएर ज्वाईले गरे सासु, सालो र श्रीमतीमाथी खुकुरी प्रहार, तिनै जना गम्भीर

अर्घाखाँची । ससुराली नै गएर ज्वाईले सासु, सालो र श्रीमतीमाथी खुकुरी प्रहार गर्दा ३ जना नै गम्भीर घाइते भएका छन् । घटना हो अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको नुवाकोटको । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार भूमिकास्थान नगरपालिका ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले गएराती भूमिकास्थान नगरपालिका ८ लम्चीमा ससुराली गएर खुकुरी प्रहार गर्दा ४३ वर्षीया सासु भुमकला क्षेत्री, सालो ११ वर्षीय अर्जुन क्षेत्री र श्रीमती १८ वर्षीया गीता घर्ती गम्भीर घाइते भएका हुन् । ससुरालीमा नै गएर खुकुरी अन्धाधुन्ध चलाएपछि उनी फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार घाइते सबैको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको र त्यहाँ पनि सम्भव नभएपनि चितवनको पुरानो मेडिकल कलेज पठाइएको छ। मुख छोपेर ससुराली गएर एकाएक खुकुरी प्रहार गरेर फरार भएका चिरनको खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै