शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • हेलिकप्टरबाट २२ वर्षीया सुत्केरीको उद्धार
समाचार

हेलिकप्टरबाट २२ वर्षीया सुत्केरीको उद्धार

हुम्ला, २८ साउनः हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिनुभयो । बुढालाई जिल्ला अस्पताल पुर्याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पुर्याएको जेष्ठ अनमी बोहराले जानकारी दिनुभयो । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उहाँको भनाइ थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै