शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • अज्ञात समूहद्वारा ५३ वर्षीय शाहीको घाँ*टी रे*टेर ह*त्या
समाचार

अज्ञात समूहद्वारा ५३ वर्षीय शाहीको घाँ*टी रे*टेर ह*त्या

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँ*टी रे*टेर ह*त्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँ*टी रेटेर ह*त्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आउनुभएका शाही आइतबार रातिदेखि बेपत्ता हुनुभएको थियो । शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो ।

प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँ*टीमा धा*रिलो हतियारको चोट छ । सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको ह*त्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

“घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो, “शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौँ ।” ह*त्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो । शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको ह*त्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । “चार/पाँच तोला सुन र रु ४०/५० हजार उहाँसँग सधैँ हुन्थ्यो”, एक स्थानीयवासीले भन्नुभयो, “त्यही प्रलोभनका कारण उहाँको ह*त्या भएको हुनसक्छ ।”

चर्चामा

सम्बन्धित समाचार

भर्खरै