बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • अमेरिकी बालस्याहार केन्द्रमा आगलागीमा परी पाँच बालबालिकाको मृत्यु, कयौँ बालबालिकाहरु थुनिएका
समाचार

अमेरिकी बालस्याहार केन्द्रमा आगलागीमा परी पाँच बालबालिकाको मृत्यु, कयौँ बालबालिकाहरु थुनिएका

वासिङ्टन, २७ साउनः अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् ।पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएका जनाइएको छ ।

स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात बर्षसम्मका रहेको बताउनुभयो । आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको उहाँले जानकारी दिनुभयो । आगलागी भएको २५ मिनेट भित्रमै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । उनीहरुले घरको पहिलो तलाको झ्यालबाट ठूलो आगोको मुस्लो बाहिर निस्किरहेको देखेको बताएका छन् ।

तल पहिलो तलामा आगलागी भएपछि दोस्रो तलामा रहेका बालबालिकाहरु थुनिएको र बाहिर निकाल्न नसकिएको उनीहरूको भनाई छ । “अग्नि नियन्त्रकहरुले घटनास्थलमा पुग्ने वित्तिकै आगो निभाउन धेरै प्रयास गरे, तर आगो निभाउन नभ्याउँदै ती बालबालिकाहरुको मृत्यु भयो,” सान्तोनले भन्नुभयो ।

उहाँले थप्नुभयो, “हामीले पाँच बालबालिकालाई बाहिर निकाल्न सफल त भयौँ, तर दुर्भाग्य उनीहरुको मृत्यु भइसकेको रहेछ ।” आफ्नै घरमा स्याहार केन्द्र चलाएकी संचालक एलाइन हारिस भने आफुलाई आगोले पोल्न थालेपछि भागेर आफै अस्पताल गएकी छन् । उनी आफै सवारी चलाएर अस्पताल गएको र भाग्दै गर्दा बाटोमा दुर्घटना भएपनि अहिले अस्पतालमा उपचार भइरहेको छ । (रासस/एएफपी)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार