सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • नेता सिंह अस्पतालबाट भए ‘डिस्चार्ज’
समाचार

नेता सिंह अस्पतालबाट भए ‘डिस्चार्ज’

काठमाडौँ, २७ साउनः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा सङ्क्रमण देखिँदा गत सोमबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका नेता सिंहको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ भएका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

नेता सिंहलाई डा मिमि गिरी नेतृत्वको टोलीले उपचार गरेको थियो । नेता सिंहलाई अझै केही दिन घरमा बसेर आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । घर फर्कने क्रममा नेता सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, आफ्नो स्वास्थ्यमा चासो राख्ने सम्पूर्ण शुभेच्छुकप्रति आभारसमेत प्रकट गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै