सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्राविधिक पक्राउ
समाचार

युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्राविधिक पक्राउ

रुकुमपश्चिम । एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

खड्काले आइतबार स्थानीय एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोप छ । उनको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । ती युवतीले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । युवतीको अवस्था खतरामुक्त छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै