बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • चितवनको देवघाटमा अन्तिम संस्कारका लागी पुर्याइएका शिशु चलमलाए, घटना शङ्कास्पद देखिएपछि बाबु र फुपु पक्राउ
समाचार

चितवनको देवघाटमा अन्तिम संस्कारका लागी पुर्याइएका शिशु चलमलाए, घटना शङ्कास्पद देखिएपछि बाबु र फुपु पक्राउ

काठमाडौँ । चितवनको देवघाटमा अन्तिम संस्कारका लागी पुर्याइएका शिशु चलमलाउनथालेपछि आकस्मिक रुपमा अस्पताल भर्ना गरिएको छ ।चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुलाई जन्म दिएपछि एकको मृत्यु भएको र अर्को सकुशस रहेको भन्दै घर पठाइएको थियो । तर ति महिला घर पुगेको केही समयमा नै अर्को शिशुको पनि मृत्यु भएको भन्दै परिवारले घाटनमा पुर्याए लगत्तै चलमलाएपछि अहिले अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटना शङ्कास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । प्रहरी उपरीक्षक मल्लका अनुसार शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार