सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • नारायणी नदी किनारमा दुई महिलाको शव भेटियो
समाचार

नारायणी नदी किनारमा दुई महिलाको शव भेटियो

भरतपुर । चितवनमा दुई महिलाको शव भेटिएको छ । नारायणी नदी किनारमा भरतपुर महानगरपालिका–१६ की ३१ वर्षीया कृष्णमाया तामाङको शव आज फेला परेको हो । माछा मार्ने क्रममा साउन २२ गते नदीमा बेपत्ता भएकी तामाङको शव सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा आज अन्दाजी ५५ देखि ६० वर्षीय एक महिलाको शव फेला परेको छ । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै