शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • ‘इतिहासको जति राम्रो अन्वेषण हुन्छ, राष्ट्र त्यति नै समृद्ध बन्छ’
समाचार

‘इतिहासको जति राम्रो अन्वेषण हुन्छ, राष्ट्र त्यति नै समृद्ध बन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको जति अन्वेषण गर्नसक्यो राष्ट्र त्यति नै समृद्ध बन्ने बताउनुभएको छ । हिलिहाङ फाउन्डेसनद्वारा आज ललितपुरको खुमलटारमा आयोजित हर्कबहादुर योङ्हाङ, लिम्बूद्वारा लिखित ‘हिलिहाङ इन द हिस्टोरी अफ नेपाल’ पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको देश नेपालमा विशाल संस्कृति रहेको बताउनुभयो ।

यस्ता संस्कृतिको अध्ययनको खाँचो रहेको र जति अध्ययन गर्यो त्यति नै गहिरिँदै जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “इतिहासको जति राम्रो अन्वेषण हुन्छ, वर्तमानमा राष्ट्र त्यति नै समृद्ध बन्छ ।” पुस्तकले वर्तमानमा केही सहयोग गर्ने र भविश्यको निम्ति आधार निर्माण गर्ने काम गरेको उल्लेख गर्दै उहाँले अन्वेषणात्मक पुस्तक प्रकाशन भएकामा प्रशंसा गर्नुभयो ।

अङ्ग्रेजीमा समेत अनुवाद गरेर देश बाहिर पुर्याउने काम भएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । अझ धेरै अध्ययन र अन्वेषण गरी हाम्रो पुस्तालाई दीक्षित गर्दै भावी पुस्ताका लागि जानकारी दिन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै