बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • पहिरोमा परी म्यानमारमा १३ को मृत्यु
समाचार

पहिरोमा परी म्यानमारमा १३ को मृत्यु

याङ्गुन । अत्यधिक बषापछि गएको पहिरोका कारण म्यानमारमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । त्यसैगरी अरु दशौँ हजार नागरिक बाढी र पहिरोका कारण आफ्नो घरबाट विस्थापित भएको पनि समाचारमा जनाइएको छ ।

पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाएप्या कोने गाउँको १६ घरलाई शुक्रबार बिहानै क्षति पुर्याएको जिल्ला प्रशासक म्यो मिन तुनले एएफपीलाई जानकारी दिनुभयो । “मृत अवस्थामा १३ जना भेटिएका छन्, अरु २७ जना घाइते भएकाले अस्पतालमा भर्ना गरिएको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार घाइतेहरूलाई मोन राज्यको राजधानी मावलम्यीनेमा रहेको अस्पतालमा उपचार गराइएको हो । उद्धारकर्ताहरूको टोलीले बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गरिरहेको छ । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार