सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • साउदी अरबको मक्कामा हजका लागि बीस लाख मुस्लिम भेला
समाचार

साउदी अरबको मक्कामा हजका लागि बीस लाख मुस्लिम भेला

मक्का । बार्षिक हजका लागि शुक्रबार २० लाख भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु मक्कामा भेला भएका छन् । हजका लागि हुने भेला विश्वमै ठूला धार्मिक भेलामध्ये पर्छ । हजका लागि मक्कामा आउनुलाई मुस्लिम धर्माबलम्बीहरुले जीवनमा एक पटक गर्नै पर्ने कर्मका रूपमा लिन्छन् ।

साउदी अरबको पश्चिमी क्षेत्रमा पर्ने मक्कामा हजका लागि मुस्लिम धर्मावलम्बीहरूको पाँच दिने मेला लाग्ने गरेको छ ।  “हजका लागि आएका तिर्थयात्रीहरूलाई सहयोग गर्न हामीले राज्यका सवै सुरक्षाकर्मीहरूलाई तीर्थस्थलमा खटाएका छौँ, भगवानका अतिथिलाई स्वागत गर्न पाउँदा हामी खुशी छौँ,” सुरक्षा निकायका एक जना प्रवक्ता बास्साम अट्टियाले भन्नुभयो ।

हजका लागि आएका २५ लाखमध्ये अधिकांश साउदी अरबबाहिरका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । “हजका लागि आउने १८ लाख भन्दा बढी तिर्थयात्रीको प्रवेश अनुमतिपत्र जारी गरिएको छ, यो सहभागीताले हाम्रो सफलता देखाउँछ,” हज मन्त्रालयका एक अधिकारीको भनाई छ । -एएफपी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै