शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • थारु नृत्य टोली नयाँ दिल्ली प्रस्थान
समाचार

थारु नृत्य टोली नयाँ दिल्ली प्रस्थान

कञ्चनपुर, २४ साउनः अन्तर्राष्ट्रिय जनजाती सम्मेलनमा भाग लिन कृष्णपुर नगरपालिका सिंहपुरको ३२ जनाको थारु नृत्य टोली आज नयाँ दिल्ली प्रस्थान गरेको छ । इण्डिया सोसियल इनिस्च्युट नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा सहभागी हुन प्रस्थान गरेको नेपाली टोलीले जनजाती आदिवासी थारु समुदायको परम्परागत पहिरन, वेषभूषा, बाजासँगै झुम्रा, मुङ्ग्रहुवा र सखिया नृत्य प्रदर्शन गर्ने छ ।

यी तीन वटै नृत्य थारु समुदायका परम्पराग नृत्यका रुपमा रहेका छन् । तान्त्रिक विधिबाट नृत्यको शुरुवात गरिने भएकाले टोलीमा चार जना गुरुवा, नृत्य गर्ने आठ जना महिला र २० जना पुरुष सहभागी रहेका सिंहपुर युवा क्लबका बाबुराम चौधरीले बताउनुभयो । यही साउन २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुनेको सबै खर्च आयोजक संस्थाले व्यहोर्ने छ । सम्मेलनमा दशभन्दा बढी राष्ट्रका जनजाती नृत्य टोलीको सहभागिता रहने जनाइएको छ । -रासस

चर्चामा

सम्बन्धित समाचार