मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • चन्द समूहका दुई कार्यकर्ता पक्राउ
समाचार

चन्द समूहका दुई कार्यकर्ता पक्राउ

स्याङ्जा । नेकपा नेत्रविक्रम चन्द सूमहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जालीलाई बिहीबार वालिङबाट पक्राउ गरिएको र भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामीलाई बुधबार राति गल्याङ नगरपालिका–३ गल्याङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये दर्लामी जिल्ला कमिटी सदस्य हुन् भने सिञ्जाली साधारण कार्यकर्ता भएकोे बाताइएको छ । पक्राउ परेका दुवैलाई विस्फोटक पदार्थ एवं राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै