मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • भद्रगोल कि रक्षा र भिमफेदी गाइज फिचर ‘लेकैको काने’ सार्बजनिक
समाचार

भद्रगोल कि रक्षा र भिमफेदी गाइज फिचर ‘लेकैको काने’ सार्बजनिक

काठमाडौं । लामो समयदेखी अमेरिकाको नर्थ डाकोटा फार्गोलाई आफ्नो कर्मथलो बनाउँदै नेपाली गीत संगीतको क्षेत्रमा यात्रा अघि बढाईरहेका प्रतिभावान गायक ललित राईले आफ्नो पहिलो गीत “लेकैको काने ” सार्बजनिक गरेका छन । डि.पी खनालको शब्द रचना रहेको “लेकैको काने” का संगितकार मनोज थापा मगर हुन् भने देबेश राईले यस गीतमा संगीत संयोजन गरेका छन ।

नेपालको चर्चित डान्स ग्रुप ‘भिमफेदी गाइज’ र नेपाली हाँस्य टेली सिरियल ‘भद्रगोल’ कि रक्षा श्रेष्ठको जोडदार अभिनय रहेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छाँयाकन, बिकाश ज्ञवालीको सम्पादन तथा भिमफेदी गाइजका निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ ।

नेपाली ठेट तथा मौलिक शब्द बोकेको गीतको भिडियोले पञ्चायतकालिन ग्रामीण स्कुले जिवन र प्रेम कथालाई सुन्दर तथा हंस्यौली ढंगमा प्रस्तुत गरेको छ । आईत मोक्तानले निर्माण गरेको रहेको गीति भिडियोलाई “डश म्युजिक नेपाल” मार्फत सार्बजनिक गरिएको छ । हेर्नुस् भिडियो…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै